शुक्रबार २९३६ कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते १७:१६
शुक्रबार २९३६   कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप २,९३६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार १४,१८२ नमुना (९,६१३ पीसीआर र ४,५६९ एन्टिजेन) परीक्षण गर्दा थपिएका हुन् ।

शुक्रबार २४ घण्टामा ४३ जनाले ज्यान गुमाएका छन् भने १,७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकोे छ ।

थपिएका संक्रमित मध्ये काठमाडौंमा ३ सय ४३, मोरङ्गमा २ सय ८४, झापामा १ सय ५१, कास्कीमा १ सय ३८, ललितपुरमा १ सय ३६ तथा भक्तपुरमा ६२ जना छन् ।

सक्रिय संक्रमित २६ हजार ८ सय २७ पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन् । शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशत निको भएको छ ।

प्रकाशित : २०७८ साउन १ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI