कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने कावासोतीका विद्यार्थीहरुको माग

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते २०:५१
कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने कावासोतीका विद्यार्थीहरुको माग

कावासोती-कक्षा ११ को परीक्षा अनलाइन माध्यमबाट गर्नु पर्ने र विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनु पर्ने मार्ग राख्र्दै विद्यार्थीहरुले कावासोती नगरपालिकाको शिक्षा शाखामा शुक्रबार ज्ञापन पत्र बुझाएका छन ।

कावासोती नगरपालीकामा सन्चालित कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु बहुमुखी क्याम्पस, लुम्बिनी आर्दश डिग्री कलेज र शिव मा.विमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कोरोना महामारीमा विद्यार्थीको अवस्था र समस्या नबुझी मनोमानी ढङ्गबाट भौतिक रुपमानै साउनको दास्रो साताबाट परिक्षा सञ्चालन गर्ने निणर्य प्रति ध्यानकर्षण भएको जनाउदै कक्षा ११ को परीक्षा अनलाइन मध्यमबाट गर्नु पर्ने र विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउनु पर्ने माग सहित कावासोती नगरपालिकाका नगरशिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझाउन मध्यविन्दु बहुमुखि क्याम्पस प्लस टु कल्याण मन्चका अध्यक्ष आयुस ढकाल , लुम्बिनी आर्दश डिग्री कलेजका प्लस टु कल्याण मन्चका सचिव अस्तम तामाङ, प्लस टु एकता मञ्च कुमारवर्ती बहुमुखि क्याम्पसका सचिव ममता कंडेल , शिव मा वि का विद्यार्थी प्रतिनिधि लगाएतका विद्यार्थीहरु कावासोती नगरपालिकाको शिक्षा शाखामा पुगेका थिए ।

 

प्रकाशित : २०७८ साउन १ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI