मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते ९:४५
मनसुन थप सक्रिय, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौं । आजबाट मनसुन थप सक्रिय भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा आजबाट थप मनसुन सक्रिय भएको मौसमविद् निराजन सापकोटा बताउँछन् ।

“आजबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वाग्मती प्रदेशमा भने मंगलबारसम्म अहिले सामान्य वर्षाको सम्भावना रहेको देखिन्छ,” मौसमविद् सापकोटा भन्छन् ।

यसैबीच, आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रकाशित : २०७८ साउन २ गते ९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI