हुप्सेकोटका १८ घरका ७१ जनालाई सुरक्षित स्थानमा सारियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते १०:०८
हुप्सेकोटका १८ घरका ७१ जनालाई सुरक्षित स्थानमा सारियो

हुप्सेकोट, २ साउन । नवलपरासी (पूर्व) जिल्लाको दुर्गम स्थानको हुप्सेकोट गाउँपालिका–५ बाघखोर गाउँका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोका कारण उच्च जोखिममा रहेको गाउँका सर्वसाधारणलाई स्थान्तरण गरि हुप्सेकोट गाउँपालिकाको जनता माबी बेलुवामा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै बाघखोरमा पशु चौपाया कुरेर बसेकाहरुलाई आज ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । पहिरोको कारणले अधिकांश घरहरुमा धाँजा फाटेर बस्न नमिल्ने भएका छन ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णयानुसार स्थान्तरण कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र सशस्त्र प्रहरी बल गुल्म नं ३१ का सुरक्षाकर्मीले सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।

१८ घरका ७१ जना सर्वसाधारणलाई सुरक्षित स्थानमा शुक्रबार सारिएको छ ।

प्रकाशित : २०७८ साउन २ गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI