साउन ५ सम्म बाढिको खतरा रहेको भन्दै सतर्कता अपनाउन मौसम विभागको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते १५:२४
साउन ५ सम्म बाढिको खतरा रहेको भन्दै सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशका केही ठूला नदीहरुमा आजदेखि यही साउन ५ गतेसम्म पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीमा बहाव उल्लेख्य बढ्नेछ । केही नदीमा जलसतहले सतर्कता तह पार गर्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त अवधिमा नारायणी र कोसीका सहायक नदीहरू कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी, त्रिशूली, सुनकोसी, भोटेकोसी, तामाकोसी, अरुण, तमोरलगायत नदीहरुमा बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

उक्त अवधिभर नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ साउन २ गते १५:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI