नगर सभापतीको लागी कावासोती काङ्ग्रेसमा ६ जनाको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते २०:२२
नगर सभापतीको लागी कावासोती काङ्ग्रेसमा ६ जनाको उम्मेदवारी

कावासोती । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ ।

गत स्थानीय निर्वाचनमा नगरप्रमुख, उपप्रमुख सहित बहुमत स्थानमा पराजित भएको कावासोती नगरपालिकामा अबको काङ्ग्रेसको नेतृत्व कस्ले गर्ला भन्ने विषय यति बेला काङ्ग्रेस वृतमा चर्चाको रुपमा रहेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको काङ्ग्रेसको अबको नेतृत्वको लागी दौडधुप सुरु भएको छ । कावासोती नगर सभापतीमा ६ जना युवा नेताहरुले नेतृत्वको आकांक्षा देखाए सँगै नगरमा अधिवेशनको सरगर्मी बढेको छ । प्यानल गत रुपमा औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

आगामी अधिवेशनबाट काङ्ग्रेस कावासोतीको सभापतिका वर्तमान नगर सचिबहरु श्याम बस्ताकोटी, शालिकराम ढकाल, कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठ , युवा व्यवसायी रामचन्द्र भण्डारी , कावासोती-६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे , नेविसंघ पुर्व केन्द्रिय सदस्य आर सि  भट्टराईले उम्मेदवारी दिने नवलपुर टाईम्सलाई बताए ।

कावासोती आफैमा सदरमुकाम भएको र अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेको काङ्ग्रेस कावासोतीमा अबको नेतृत्व काङ्ग्रेसलाई सशक्त रुपमा जनता माझ लैजान सक्ने हुनु पर्ने काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।
कावासोती नगरपालिकामा काङ्ग्रेसको नयाँ १८९५ र नविकरण भएको १६८० सहित कुल ३५७५ क्रियाशिल सदस्य रहेको छ । काङ्ग्रेसमा नगर सभापती सहित नगर कार्यसमिति क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गरेर चयन गर्ने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित : २०७८ साउन २ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI