मुख्यमन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला आएका नेपालीको भव्य स्वागत

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३ गते १८:४२
मुख्यमन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला आएका नेपालीको भव्य स्वागत

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेपछी पहिलो पटक गृह जिल्ला आएका छन । दुई दिनको व्यस्त कार्यतालिका सहित जिल्ला आएका मुख्यमन्त्री नेपाली जिल्लामा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरकारी कार्यालयका प्रमुखहरु तथा आम सर्वसाधारण सँगको भेटघाटमा व्यस्त छ्न ।

आईतबार बिहानै जिल्ला आईपुगेका मुख्यमन्त्री नेपालीले गैंडाकोट , देवचुली र कावासोतीमा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए। गैंडाकोटमा नवलपुर क्षेत्र नं १ क को काङ्ग्रेसको प्रदेश क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रम नेपालीले विभिन्न पार्टीबाट काङ्ग्रेस प्रवेश गरेका २८० जनालाई काङ्ग्रेसमा स्वागत गरेका थिए । त्यस्तै जिल्लाको देवचुली र कावासोतीमा कार्यकर्ता भेलालाई नेपालीले सम्बोधन गरेका थिए ।

कावासोतीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेलामा मुख्यमन्त्री नेपालीलाई अभिनन्दन गरिएको थियो ।

मुख्यमन्त्री नेपालीले देवचुलीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा पुगेर चिकित्सालयको विकासमा प्रदेश सरकारको पुर्ण सहयोग रहने बताएका छ्न ।

त्यस्तै मुख्यमन्त्री नेपालीले जिल्ला स्थिति सरकारी कार्यालयका प्रमुखहरु सँगको सामुहिक भेटमा जिल्लाको वस्तुस्थितिको बारेमा बुझ्दै नागरिकलाई प्रदान गरिने सेवाहरुलाई सहज बनाउन निर्देशन दिएका छ्न । त्यसै गरि मुख्यमन्त्री नेपालीले जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा पालिका प्रमुखहरु सँग पनि भेटघाट गरेका छ्न । मुख्यमन्त्री नेपालीले आइतबार गठबन्धनका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु सँग पनि भेटघाट गरेका हुन ।

जिल्लामा आयोजना गरिएका कार्यक्रमहरुमा बोल्दै मुख्यमन्त्री नेपालीले आफुलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई दिदै जिल्लाको विकासमा आफू र आफ्नो सरकारको तर्फबाट पुर्ण सहयोग रहने बताएका छ्न । जिल्लाको समग्र विकासमा आफू सदैव लागेको र आगामी दिनमा पनि लाग्ने मुख्यमन्त्री नेपालीले बताएका छ्न ।

मुख्यमन्त्री नेपालीले सोमबार जिल्लाको क्षेत्र नं २ का पालिकाहरुमा भेटघाट तथा नारायणी नदि कटान क्षेत्र र बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको नेपालीको सचिवालयले जनाएको छ ।

प्रकाशित : २०७८ साउन ३ गते १८:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI