No ads found for this position

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३ गते २२:११
No ads found for this position
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत
No ads found for this position

काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकले देउवालाई विश्वासको मत दिएको हो ।

देउवाको पक्षमा १६५ मत खसेको थियो । त्यस्तै, ८३ जना सांसदले विश्वासको मत दिएनन् । पार्टीको निर्णय विपरित नेकपा एमालेका नेता माधव कुमार नेपाल तथा अध्यक्ष केपी शर्मा ओली पक्षकै पनि केही सांसदहरुले विश्वासको मत दिएपछि देउवाले आफ्नो पक्षमा १६५ मत प्राप्त गरेका हुन् । त्यस्तै, जसपाको दुवै पक्षले विश्वासको मत दिएका छन् ।

नेकपा एमालेले भने विश्वासको विपक्षमा मतदान गर्दै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएको छ ।

प्रकाशित : २०७८ साउन ३ गते २२:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI