No ads found for this position

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ५ गते ८:२१
No ads found for this position
कक्षा १२ को परीक्षा साउन अन्तिमबाट
No ads found for this position

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा समाउन मसान्तबाट सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमण दर कम हुँदै जान थालेपछि स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जनकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय पूर्णाङ्ककै हुने छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ ।

कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो ।

प्रकाशित : २०७८ साउन ५ गते ८:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI