देवचुली काङ्ग्रेसको सभापतिका लागि आठ जनाको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते १८:०३
देवचुली काङ्ग्रेसको सभापतिका लागि आठ जनाको दाबी

कावासोती । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ ।

देशकै उत्कृष्ट बालमैत्री नगरपालिकाको पहिचान बनाएको जिल्लाको देवचुली नगरपालिकाको सभापतीमा ८ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाए सँगै नगरमा अधिवेशनको सरगर्मी बढेको छ । प्यानल गत रुपमा औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

आगामी अधिवेशनबाट काङ्ग्रेस देवचुलीको सभापति पदका लागि वर्तमान नगर सभापति एवं नगरप्रमुख पुर्णकुमार श्रेष्ठले नगरसभापतीमा नदोहिरिने बताए सँगै नगरमा नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो ।

नगरसभापतिका लागी काङ्ग्रेस जिल्ला सदस्य डिल्लीराम कंडरिया, वर्तमान नगरका सह-सभापती रबिलाल सापकोटा , प्राकृतिक चिकित्सालयका सचिव प्रदिपराज घिमिरे , वर्तमान नगरसचिव नारायण पौडेल , देवचुली-७ का वडा अध्यक्ष भुपराज पाठक, निर्माण व्यवसायी भोजेन्द्र रायमाझी , काङ्ग्रेस देवचुलीका पुराना नेता देवि खनाल र युवा नेता दया तिवारीले नगरसभापतीमा आफ्नो दावी रहने बताए ।

देवचुली नगरपालिकामा काङ्ग्रेसको नयाँ १४२६ र नविकरण भएको ११६८ सहित कुल २५९४ क्रियाशिल सदस्य रहेको छ । काङ्ग्रेसमा नगर सभापती सहित नगर कार्यसमिति क्रियाशिल सदस्यले प्रत्यक्ष मतदान गरेर चयन गर्ने व्यवस्था रहेको छ । देवचुली नगरपालिका काङ्ग्रेस महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्दछ ।

केही जिल्लाको क्रियाशिल विवाद समाधान नभएको कारणले काङ्ग्रेसको सबै तहको अधिवेशन निर्धारित मिति भन्दा केही समय पछाडि धकेलिने काङ्ग्रेले जनाएको छ ।

प्रकाशित : २०७८ साउन ६ गते १८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI