सबैलाई आममाफी भयो, अब मिलेर जाऔं : ओली

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ७ गते १६:३६
सबैलाई आममाफी भयो, अब मिलेर जाऔं : ओली

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। विहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका हुन्।

उनले भनेका छन्, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरेका छन्। उनले भनेका छन्, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’

एमालेमा माधव समूह र ओली समूहबीच विवाद चर्किरहेका बेला माधव समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका थिए। यसरी मतदान गर्ने २२ जना सांसहरुलाई ओलीले स्पष्टीकरण सोधेका छन्। पार्टीबाट किन निष्कासन नगर्ने भन्दै सोधिएको स्पष्टीकरणको उनीहरुले विहीबार जवाफसमेत दिइसकेका छन्।

प्रकाशित : २०७८ साउन ७ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI