सुजिता भण्डारी मृत्यु प्रकरणः परिवारले प्रहरीमा दियो आत्महत्या दुरुत्साहनको जाहेरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते ११:४१
सुजिता भण्डारी मृत्यु प्रकरणः परिवारले प्रहरीमा दियो आत्महत्या दुरुत्साहनको जाहेरी

चितवन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो ।
आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको स्रोतले जानकारी दिएको छ ।

उनले यसअघि छोरीको हत्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन् । सुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि राजमार्ग अबरुद्ध र प्रर्दशन समेत भएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी नै घटनास्थलमा पुगेर वार्ता गर्नु परेको थियो ।

प्रकाशित : २०७८ साउन ८ गते ११:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI