No ads found for this position

ओलम्पिकको पहिलो खेलमा नै सोनिया पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ९ गते १०:५०
No ads found for this position
ओलम्पिकको पहिलो खेलमा नै सोनिया पराजित
No ads found for this position

काठमाडौं । नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

राउण्ड अफ ३२ अन्तर्गतको पहिलो खेलमा १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् ।

प्रकाशित : २०७८ साउन ९ गते १०:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI