कावासोती । पुर्वी नवलपरासीको कावासोती-१४ मा बेवारीसे अवस्थामा फेला परेको ग्रिनेट बम नेपाली सेनाको प्राविधिक टोलिले निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीका अनुसार नवलपरासीको झ्यालटुङ्ग डाँडाबाट आएको नेपाली सेनाको टोलिले दिउँसो १:२० बजेको समयमा बमलाई डिस्पोजल गरेको हो ।
कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाडी भित्र आधा भाग गडेको अवस्थामा ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।
प्रकाशित : २०७८ साउन ९ गते १६:०६
No ads found for this position
Facebook Comment