पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १२ गते १६:३१
पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भए, २० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ५१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ६३ हजार ६०२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

प्रकाशित : २०७८ साउन १२ गते १६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI