No ads found for this position

नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १३ गते ८:३६
No ads found for this position
नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्दै
No ads found for this position

जापान- टोकियो ओलम्पिक २०२० मा नेपालकी जलपरि पौडी खेलाडी गौरीका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाले महिलाको १ सयमिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाको प्रतिस्पर्धा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । गौरीका हिट वानमारहेकी छिन् । गौरीका १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् ।

ओलम्पिकको चौथो दिनको खेल सकिँदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । जापानले चौथो दिनको खेल सकिदासम्म १० स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १८ पदक जितिसकेको छ । दोस्रो स्थानमा रहेकोअमेरिकाले ९ स्वर्ण, ७ रजत र ८ कास्य गरी २४ पदक हात पारेको छ । तेस्रोमा रहेको चीनले ९ स्वर्ण, ५ रजत र ७ कास्यगरी २१पदक हात पारेको छ ।

ओलम्पिकमा नेपालको तर्फबाट पुरुष पौडीबाट सहभागी एलेक्जेण्डर शाह एलेक्सले मंगलबार पुरुषको १ सय मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए तर हिट चरणबाटै बाहिरिएका छन् ।
प्रकाशित : २०७८ साउन १३ गते ८:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI