अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्ने १६ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १३ गते १०:०१
अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्ने १६ वटा ट्रयाक्टर  प्रहरी नियन्त्रणमा

कावासोती । रातको समयमा अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्ने १६ वटा ट्रयाक्टर नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २को विनयी खोलामा राती १ बजेको समयमा नदिजन्य पदार्थ उत्खनन तथा चोरी गर्दै गरेको अवस्थामा १६ वटा ट्रयाक्टर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।

गिरीका अनुसार पक्राउ गरिएका ट्रयाक्टर लु२त ९७२५, लु६त ९६१२ लु४त ३४१९,लु३त १६०९लु४त ८३१,ना७त ३०६९,लु२त १४३१,ना४त ५४७४,प्र.२–०३–००१त २६५५,ना७त २१५० लु४त ७१९६,लु३त ५६१५,लु३त ६७७८ र एउटा अनटेस्ट र दुईवटा नम्बर नखुलेको रहेका छन ।

 

पक्राउ गरिएका ट्रयाक्टरहरुलाई थप कारवाहीको लागी सम्बन्धित कार्यालयमा पठाईएको गिरीले बताए ।

 

 

प्रकाशित : २०७८ साउन १३ गते १०:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI