विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित युवक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १३ गते १३:२५
विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित युवक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

परियारलाई विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको वस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७८ साउन १३ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI