सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते १२:३७
सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौंमा

काठमाडौं, साउन १४ गते । आफूले बेचेको उखुको भुक्तानीको माग गर्दै सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आइपुग्नुभएको छ ।

उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरि श्यामले सरकारसँग भएको सहमतिअनुसार ४१ करोड रुपैयाँ बक्यौता उठाउन आफूहरु फरि काठमाडौं आएको बताउनुभयो ।
उहाँका अनुसार बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी

बक्यौता रकम र आगामी रणनीतिबारे जानकारी दिने बताउनुभयो । उहाँले आफूहरुको हिसाबअनुसार छ वटा मिलबाट ४१ करोड बक्यौता लिन बाँकी रहेको बताउनुभयो ।

‘उक्त रकम आगामी भदौसम्म उठाइदिन सरकारसँग माग राख्ने र त्यो समयम्म रकम नउठे फेरि आन्दोलनमा जान्छौं,’ उहाँले भन्नुभयो ।

त्यसोत उखु किसानहरुले गत वर्ष २८ मंसिरदखि पुस १३ गतेसम्म काठमाडौंको माइतीघरमा आन्दोलन गर्नुभएको थियो । सो क्रममा एक जना उखु किसानको हृदयघातका कारण मृत्यु भएको थियो ।
आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादप मंसिरको अन्तिम साता काठमाडौं आउनुभएको थियो । तर, आन्दोलनकै क्रममा उहाँको मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ साउन १४ गते १२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI