पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते १६:१४
पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। गत २४ घण्टामा १ हजार ३७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

प्रकाशित : २०७८ साउन १४ गते १६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI