साउन १२ मा घरबाट निस्किएका छ्लबहादुर फर्किएन्न, खोजी गरिदिन परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते १७:०५
साउन १२ मा घरबाट निस्किएका छ्लबहादुर फर्किएन्न, खोजी गरिदिन परिवारको आग्रह

नवलपुर । गत साउन १२ गते घरबाट साईकल लिएर घरबाट निस्किएका नवलपुरको देवचुली-१७ गौरीपुरका छ्लबहादुर सारु घर नफर्किए पछि सारुको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

साउन १२ गते दिउँसो १२ बजेको समयमा अन्दाजी ३२ वर्षका सारु घरबाट निस्किए पछि सम्पर्क बिहिन भएका हुन । चाउरे भनेर चिनिने सारु सामान्य मानसिक बिरामी रहेको र खुट्टाको बुढी औला काटिएको परिवारले जनाएको छ । परिवारका अनुसार  गहुँगोरो वर्णका सारुको स्वर मसिनो रहेको छ ।

सारुलाई देख्नुहुने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा परिवारलाई ९८०६९०७८७६/९८०७४३२३४४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित : २०७८ साउन १४ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI