पछिल्लो २४ घण्टामा नवलपुरमा ९६ जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १४ गते १७:४३
पछिल्लो २४ घण्टामा नवलपुरमा ९६ जना कोरोना संक्रमित थपिए

कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ९६ जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार बिहिबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार थपिएका संक्रमित मध्य गैंडाकोटमा १३,देवचुलीमा ३५ , कावासोतीमा २९ मध्यविन्दुमा ४, हुप्सेकोटमा १० र विनयी त्रिवेणीमा ५ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८५५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७८ साउन १४ गते १७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI