कस्तो रहला आजको मौसम ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १५ गते ८:३७
कस्तो रहला आजको मौसम  ?

काठमाडौं ।  हाल देशभर सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र सुदूर पाश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यस्तै प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति  देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यसैगरी प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका  एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

प्रकाशित : २०७८ साउन १५ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI