आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १६ गते १०:१८
आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, केही स्थानमा भारी वर्षा
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव यथावत रहेकोले देशभरिको मौसम बदली रहेको छ । काठमाडौँ उपत्यकामा अहिले मौसम आंशिक बदली छ भने कतै घाम लागिरहेको छ । देशभरि पनि अहिले आंशिकदेखि सामान्य बदली रहेको र प्रदेश १ का केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने र विशेषगरी कर्णाली, लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित : २०७८ साउन १६ गते १०:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI