३,१०६ संक्रमित थपिए, थप २३ जनाको मृत्यु, एक हजार ९१६ निको

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १६ गते १६:४०
३,१०६ संक्रमित थपिए, थप २३ जनाको मृत्यु, एक हजार ९१६ निको

काठमाडौं । नेपालमा थप तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार १०६ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार २६३ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २८० र चार हजार २५६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित : २०७८ साउन १६ गते १६:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI