बलात्कृत ११ वर्षीय बालिकाले बच्चा जन्माईन

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते ८:२६
बलात्कृत ११ वर्षीय बालिकाले बच्चा जन्माईन

काठमाडौं । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु नाम परिवर्तनले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रकाशित : २०७८ साउन १७ गते ८:२६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI