‘मेलम्ची उर्लिरहेको छ, के हुने हो थाहा छैन’

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते ९:४७
‘मेलम्ची उर्लिरहेको छ, के हुने हो थाहा छैन’
d]nDrLdf km]l/ af9L l;Gw'kfNrf]s, !& ;fpg M Ps dlxgfkl5 km]l/ d]nDrLdf cfPsf] af9L . t:jL/ M b]j/fh ;'j]bL÷/f;;

शनिबार बेलुकादेखि आएको बाढीले सिन्धुपाल्चोकस्थित चनौटेको रातो पुल बगाएको छ ।

राससले स्थानीयवासी हस्त पण्डितलाई उद्धृत गर्दै बिहान पौने ८ बजे चनौटेस्थित रातो पुल बगाएको जनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि आइतबार बिहान बाह्रखरीसँग कुरा गर्दै मेलम्ची लगातार उर्लिरहेको र के गर्ने हो केही थाहा नभएको प्रतिक्रिया दिएका थिए ।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेको राससले जनाएको छ ।
तस्बिर ः रासस

 

प्रकाशित : २०७८ साउन १७ गते ९:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI