No ads found for this position

अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते १४:१७
No ads found for this position
अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु
No ads found for this position

राँझा : बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ ।
साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । आव २०७१/७२ देखि आव २०७७/०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका थिए ।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ । घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो ।रासस 

 

प्रकाशित : २०७८ साउन १७ गते १४:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI