कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर/ ग्यास सिलिन्डर समेत अटाउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १७ गते १८:०९
कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर/ ग्यास सिलिन्डर समेत अटाउने

कावासोती । पूर्वि नवलपरासी (नवलपुर) जिल्लाको कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता रुबि अटोमोवाइल्सले नयाँ ब्राण्डको बीएस ६ सुजुकी एक्सेस १२५ सुजुकी स्कुटर सार्वजनीक गरेको हो ।

आईतबार सुजुकीको बहुप्रतीक्षित स्कुटर बीएस ६ सुजुकी एक्सेस १२५ नेपाल पत्रकार महासघं नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले सार्वजनिक गरेका हुन् ।
यो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ ।

 

सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा ग्यास सिलिन्डर अटाउने तथा ३ जना पनि सवार गर्न सकिने हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको र यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने रुबि अटोमोवाइल्स कावासोतीका सञ्चालक रिसि गौतमले जानकारी दिए ।

यस अघि नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने सञ्चालक गौतमले जानकारी दिए ।

एसओएचसी २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको रुबि अटोमोवाइल्सका अर्का सञ्चालक बिष्ण प्रसाद न्यौपानेले बताए ।

इलेक्ट्रिक स्टार्ट र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको र फुल्ली डिजिटल ड्यासबोर्डले गर्दा ब्लुटुथ, नेभिगेसन जस्ता नयाँ विशेषता समेत थप रहेका सञ्चालक बिष्णु प्रसाद न्यौपानेले बताए ।

हाल यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ । रातो, निलो र खैरो गरी तीन रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुचाइएको रङ भने निलो मानिएको छ ।

आईतबार कावासोतीमा भएको बीएस ६ सुजुकी एक्सेस १२५ सुजुकी स्कुटर सार्वजनीक कार्यक्रममा नेपाल पत्रकार महासघं नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । भने रुबि अटोमोवाइल्सका सञ्चालक बिष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित : २०७८ साउन १७ गते १८:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI