मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १८ गते ८:२६
मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन

सिन्धुपालचोक । असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४८ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर पुनः क्षति पुर्यायो ।

बाढीको कारण बुझन हेलिकोप्टरबाट मेलम्ची खोलको शिरमा पुगेको स्थानीयल सो क्षेत्रको जमिन धेरै चर्किएकाले अझ ठूलो बाढी पहिरोको संभावना रहेको बताउनुभएको छ ।

आजै सो क्षेत्रमा पुग्नु भएका मेलम्ची नगरपालिका वडा ४ का सदस्य बाबु लामाले त्यहाँ अझै ठूलो पहिरो रहेको बताउनुभयो । मानव बस्ती नभएको सो विकट स्थानमा जमिन धेरै नै फाटेकाले अझै थप बाढीको संभावना रहेको बताउनुभयो ।

हेलम्बु गाउापालिका–१ को भ्रेमाथाङमा ठूलो पहिरो नदीमा खसेर नदी थुनिएको कारण बाढी आएको जस्तो देखिएको हेलिकप्टरबाट निरीक्षण पछि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ‘हिमालको शीर देखिनै पहिरो झरेको देखिन्छ, निरन्तर झरिरहेकै छ । कति क्षति हुने भन्ने अनुमान गर्ने सकिने अबस्था छैन’– शेर्पाले भन्नुभयो, ‘खोला किनारका सबै वस्ती तत्काल स्थानान्तरण गर्नुपर्छ ।’

१७ घर र अर्बैं मूल्यको क्षति दोहोरिएको छ । ‘बाढीले बगाएर बाँकी रहेको खेतमा भर्खर धान लगाईएको थियो त्यो पनि अब बाँकी रहेन’– मेलम्ची ६ का दीपक जेउजाले भन्नुभयो । सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् । थातथलो स्याहार्दै पीडा भुल्न प्रयासरत मेलम्ची करिडोरका नागरिकहरु थातथलो छोड्न बाध्य भएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ साउन १८ गते ८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI