चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १८ गते ८:३१
चोरी भएको चाँदीको मुकुट खोजी गर्न सीमानाका बन्द

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब सवा सात बजेतिर मुकुट चोरी भएको हो ।

घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ । खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ ।

प्रकाशित : २०७८ साउन १८ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI