नवलपुरमा निषेधाज्ञा साउन ३२ गते सम्म थपियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १८ गते १६:०७

कावासोती । नवलपुरमा निषेधाज्ञा साउन ३२ गते सम्म थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय साउन ३२ गते सम्म पुर्‍याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ । लकडाउनलाई कडाईका साथ लागु गर्ने योजना रहेको भएपनि हाललाई पुर्ववत रुपमै निषेधाज्ञको समयावधि लम्बाईएको छ ।

यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ । आर्थिक गतिविधी तथा व्यवसाय दैनिक सञ्चालन गर्न पाइने भएको छ तर अत्यावश्यक बाहेक व्यवसायीहरुको हकमा साँझ ६ बजे अनिवार्य पसल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।

थप गरिएको निषेधाज्ञाको आदेश

प्रकाशित : २०७८ साउन १८ गते १६:०७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI