नवलपुरमा पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १८ गते १८:३४
नवलपुरमा पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिए

कावासोती । नवलपुरमा पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार सोमबार जिल्लामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्य गैंडाकोटमा १७, देवचुलीमा ६, कावासोतीमा ३७, मध्यविन्दुमा ६,विनयी त्रिवेणीमा ३ र हुप्सेकोटमा १ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७८ साउन १८ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI