नवलपुरमा मृत गैंडा फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २० गते १४:११
नवलपुरमा मृत गैंडा फेला

कावासोती । नवलपुरमा मृत गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती-७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृत फेला परेको हो ।

सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैंडा मृत देखे पछि वन हेरालुले निकुन्ज प्रसासनमा खबर गरेका थिए । मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

गैंडा रोगी र कम्जोर रहेको र वनमा लगाईएको झटका दिने करेन्टमा परी लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए ।

यो सँगै चालू आ.व ०७८/७९ मा मर्ने गैंडाको संख्या ४ पुगेको हो ।

 

प्रकाशित : २०७८ साउन २० गते १४:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI