पछिल्लो २४ घन्टामा नवलपुरमा ८२ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २० गते १९:०२
पछिल्लो २४ घन्टामा नवलपुरमा ८२ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

कावासोती । पछिल्लो २४ घन्टामा नवलपुरमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

बुधबार जिल्लाको गैंडाकोटमा २१, देवचुलीमा १५, कावासोतीमा ३०, मध्यविन्दुमा ७, विनयी त्रिवेणीमा ८ र हुप्सेकोटमा १ जना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार थपिएका ८२ संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ७९१ पुगेको छ ।

त्यसै गरि बुधबार जिल्लामा ३ कोरोना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भए सँगै जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

प्रकाशित : २०७८ साउन २० गते १९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI