नवलपुरमा थप ११५ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २१ गते १८:०४
नवलपुरमा थप ११५ जनामा कोरोना संक्रमण

नवलपुरमा पछिल्लो २४ घण्टामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बिहिवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १८, देवचुलीमा ४१, कावासोतीमा २६ , मध्यविन्दुमा १८ , विनयीत्रिवेणीमा ५ , हुप्सेकोटमा ५ र बौदीकालीमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बिहिवार थपिएका ११५ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७८ साउन २१ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI