चितवनका अर्जुन ढकाल ७८ लाख बराबरको अवैध मोबाइल सहित नवलपुरबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २२ गते ९:२१
चितवनका अर्जुन ढकाल ७८ लाख बराबरको अवैध मोबाइल सहित नवलपुरबाट  पक्राउ

कावासोती । चितवन भरतपुरका अर्जुन ढकाल ७८ लाख बराबरको भन्सार छलेर ल्याईएका ५९५ थान मोबाईल सहित नवलपुरको दुम्किबास बाट पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रदेश ३-०१-२३ च ५५४४ नं को कार चेक जाँच गर्ने क्रममा विभिन्न कम्पनी र मोडलका ५९५ थान सहित चितवन भरतपुर-८ का अर्जुन ढकाल कारचालक ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताए ।

बरामद गरिएका मोबाईलको बजार मुल्य ७८ लाख भन्दा धेरै हुने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।उनिहरु दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।

प्रकाशित : २०७८ साउन २२ गते ९:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI