No ads found for this position

२० वर्ष पालेकाे कुखुराको भाले मरेपछि गरियाे दाहसंस्कार

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते ९:०३
No ads found for this position
२० वर्ष पालेकाे कुखुराको भाले मरेपछि गरियाे दाहसंस्कार
No ads found for this position

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएकाे कुखुराकाे भाले मरेपछि दाहस‌ंस्कार गरिएकाे छ ।

आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्नु भएको हाे।

भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताउनु भयो । २०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उहाँले बताउनु भयाे।

हिन्दु परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताउनु भयाे । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाउनु भएको छ ।

प्रकाशित : २०७८ साउन २३ गते ९:०३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI