सरकारकाे पहिलाे प्राथमिकता खाेप : मुख्यमन्त्री नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते १७:४९
सरकारकाे पहिलाे प्राथमिकता खाेप : मुख्यमन्त्री नेपाली

दीपक भट्टराई/कावासाेती 
गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारकाे पहिलाे प्राथमिकता खाेप भएकाे बताएकाछन ।
कोरोना महामारीका कारण जनतालाई सहज रूपमा खाेप लगाउन प्रदेश सरकार लागि परेकाे बताउदै मुख्यमन्त्री पाेख्रेलले काेरनाबाट जनताले मुक्ति पाउन कोरोना विरुद्धको खोप अहिलेकाे महत्त्वपूर्ण आवश्यकता भएकाे बताए । उनले सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा लागिपरेकाे बताए । उनले भने सरकारले खाेपकाे लागि आवश्यक बजेटको समेत प्रबन्ध मिलाएकाे छ प्राथमिकता र माग अनुसार प्रदेशमा खोप उपलब्ध गराउदै जाने बताए ।

आज नवलपुरमा उधाेग बाणिज्य संघ देबुचुलीले दलदलेमा गरेकाे बधाई तथा स्वागत कार्यक्रममा बाेल्दै मुख्य मन्त्रीले
गण्डकी प्रदेशकाे समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशकाे बिकास हुने बताउदै उनले भने,‘ लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्न सरकार तयार भएकाे बताए।

राजनीतिक घटनाक्रमका बीच गण्डकीमा नयाँ सरकार बने पनि अघिल्लो सरकारले गरेका कामको स्वामित्व लिएर आफूहरु अगाडि बढ्ने प्रतिबद्धता जनाउदै उनले
कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने जनाए

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले भनाई थियाे मुख्य मन्त्री पाेख्रेले
लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति यो सरकार स्पष्ट रहेको भन्दै उनले लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार तयार रहेको बताए । उनले भने, ‘तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूरा गर्न सकिन्छ उनले भने

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग छलफल भएकाे बताए । मुख्य मन्त्री पाेख्रलेले नवलपुरकाे बिकासका लागि आफू लागिपरेकाे बताउदै दलदले बुलिङ सडक स्तर उन्नतीका लागि सरकारकाे पहिलाे प्राथमिकता मा परेकाे जनाए । उनले नवलपुरमा ट्रमा सेन्टर स्थापना , अन्तर्राष्ट्रिय रङ्गशाला,स्थापनाका लागि पहल गरिरहेकाे समेत बताए । आज गृह जिल्ला आईपुगेका मुख्य मन्त्री जिल्लाका दर्जनौं कार्यक्रमा सहभागी भएका थिए ।

प्रकाशित : २०७८ साउन २३ गते १७:४९
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI