No ads found for this position

गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरि ४० जना काङ्ग्रेसमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २३ गते २०:५५
No ads found for this position
गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरि ४० जना काङ्ग्रेसमा प्रवेश
No ads found for this position

कावासोती । नवलपुरको गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरि ४० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

शनिबार गैंडाकोट नगरपालिका वडा नं १३ मा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन ।

नेपाली काङ्ग्रेस गैंडाकोट-१३ को आयोजनामा भएको कार्यक्रममा बोल्दै काङ्ग्रेस अबको महाधिवेशन पछि गुट रहित हुने र आगामी निर्वाचनमा पुन: देशको ठूलो पार्टी बन्ने बताए ।
कम्युनिस्टहरुले पटक पटक देश र जनतालाई धोका दिएकाले काङ्ग्रेस प्रती जनताको आकर्षण बढदै गएको कोइरालाले दाबी गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संकटको बेलामा देश जोगाउने जिम्मेवारी विगतमाझै यसपटक पनि काङ्ग्रेसको काँधमा आएको बताउदै केन्द्र र प्रदेश सरकारले बाकी अवधिमा जनचाहना अनुरुप काम गरेर आगामी निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने बताए ।

नेपाली काङ्ग्रेसका गैंडाकोट-१३ का वडा सभापति विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला , गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली , संविधान सभा सदस्य एवं काङ्ग्रेस नेता महेन्द्रध्वज जिसि, नेपाली काङ्ग्रेस संसदीय दल गण्डकी प्रदेशकि प्रमुख सचेतक ओमकला गौतम सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित : २०७८ साउन २३ गते २०:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI