होसियार ! नङ टोक्दा लाग्न सक्छ ‘पारोनाइसिया’ जस्तो डरलाग्दो रोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २४ गते ११:५९
होसियार ! नङ टोक्दा लाग्न सक्छ ‘पारोनाइसिया’ जस्तो डरलाग्दो  रोग

मानिसको प्राय सबैको एउटा एउटा बानि हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिसको नङ टोक्ने बानी खराब हो । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ ।शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरुः रक्तस्राबः नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

शरीरमा केमिकलः
यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।नङ बांगिनेःबारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ । छालाको सक्रमणःनङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ ।

यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ । ब्याक्टेरियाको संक्रमणःसन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।

आन्द्रामा जुकाः

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ सासको गन्धः धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।मुखमा फोकायदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

-एजेन्सी

प्रकाशित : २०७८ साउन २४ गते ११:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI