चितवन । चितवनमा थप कडा प्रावधानसहित साउन ३२ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले चितवनले आज राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञालाई कडा पारिएको सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जानकारी दिए ।
उनका अनुसार जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)को सिफारिस अनुसार जारी निषेज्ञालाई कडा पारिएको हो । अबको निषेधाज्ञामा अनुगमन र नियमनलाई कडा पारिने भट्टराईको भनाइ छ ।
यस्तै कृषिजन्य वस्तु, पशुचौपायाका आहारा र दुध डेरीका लागि बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्मको समय तोकिएको छ ।
यस्तै रेस्टुरेन्ट, खाजा पसल र मिठाइ पसलको हकमा दैनिक मध्याह्न १२ बजेदेखि ६ बजेसम्मको समय तोकिएको छ । अत्यावश्यक सवारीसाधनबाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
यसअघि हप्ताको सातै दिन सबै प्रकारका सेवालाई सञ्चालन गर्न दिइएको थियो ।
अन्य बैंक, वित्तीय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने जारी आदेशमा जनाइएको छ ।
प्रकाशित : २०७८ साउन २४ गते १६:४६
Facebook Comment