No ads found for this position

श्वासबाट दुर्गन्ध ? नआउन के गर्ने ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २५ गते १०:३७
No ads found for this position
श्वासबाट दुर्गन्ध ? नआउन के गर्ने ?
No ads found for this position

चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुँदाहुदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईलाई मात्र होइन, तपाई वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।

श्वास दुर्गन्धित हुने कारण: तपाईको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउँछ । ससाना ब्याक्टेरिया तपाईका दाँत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउँछ । तपाईको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउँछ । बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुँदा दुर्गन्ध आउँछ ।

केही टिप्स: श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दाँत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दाँत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दाँत माझ्दा जिब्रोलाई पनि राम्रोसँग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाउनुहुनेछ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठाँउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् ।

एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ । ताजा श्वासका लागि दैनिक फ्ल्स लिनुहोस । नियमित फ्ल्स लिँदा दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका खाद्यान्न र कतिपय अवस्थामा व्याक्टेरिया समेत मुखबाहिर फाल्न सहयोग पुग्छ । मुखमा फ्ल्स लिदा मुखसँग सम्बन्धित अन्य रोगबाट पनि बच्न सकिन्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दाँतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ । पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउँछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउँदा यो समस्याबाट मुक्त मिल्छ ।

पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खाँदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ । श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गाँजर र काँक्रो खानुहोस् । कतिपय अवस्थामा दाँतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सककहाँ जानुहोस् । स्वास्थ्य खबरबाट 

प्रकाशित : २०७८ साउन २५ गते १०:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI