No ads found for this position

गुप्तांगमा लागूपदार्थ लुकाएर भित्र्याइएको आरोपमा दुई महिलालाई पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २५ गते १०:५६
No ads found for this position
गुप्तांगमा लागूपदार्थ लुकाएर भित्र्याइएको आरोपमा दुई महिलालाई पक्राउ
No ads found for this position

दमक । झापा जिल्लामा गुप्तांगमा लागूपदार्थ लुकाएर भित्र्याइएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गुप्तांगमा करिब ४४ दशमलव ३ ग्राम ब्राउन सुगर लुकाएर भित्र्याउने झापा दमक–१ की ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थानकी २५ वर्षीया विमला धिमाल पक्राउ परेका हुन् ।

दक्षिण झापाको गौरीगन्ज गाउँपालिका–४ को कदमगाछीस्थित सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शनिबार राति पक्राउ गरेका शंकास्पद ती महिलाहरूलाई सोधपुछ गरी प्रारम्भिक खानतलासीका क्रममा संवेदनशील अंग ९योनि० मा लागू पदार्थ लुकाइएको आशंका गरिएको थियो ।

खजुरगाछीस्थित स्वास्थ्य चौकीका महिला स्वास्थ्यकर्मीको सहयोगमा खानतलासी गर्दा मञ्जु धिमालले योनिमा लुकाइएको अवस्थामा लागू पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

प्रकाशित : २०७८ साउन २५ गते १०:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI