No ads found for this position

भोलिबाट मनसुन थप सक्रिय हुँदा बिहीबारदेखि भारी र अति भारी वर्षा हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २६ गते ९:५३
No ads found for this position
भोलिबाट मनसुन थप सक्रिय हुँदा बिहीबारदेखि भारी र अति भारी वर्षा हुने
No ads found for this position

काठमाडौं । बुधबारबाट मनसुन थप सक्रिय हुने भएको छ । भोलिबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र उक्त प्रणालीका कारण देशभरी मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार, शनिबार  प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भारी र अति भारी वर्षा हुने भएपछि बाढी तथा पहिरोको जोखिम पनि बढ्ने सम्भावना हुन्छ, त्यसैले सतर्क हुनु पर्छ,” मौसमविद् राजु प्रधानाङ् भन्छन् । विषेशतः कमजोर पहाड र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरु चनाखो हुनुपर्ने र सकेसम्म सुरक्षित ठाउँमा स्थानान्तरण हुनुपर्ने मौसमविद्हरुले बताएका छन् ।

यसैबीच, आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखी पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

प्रकाशित : २०७८ साउन २६ गते ९:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI