No ads found for this position

भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २८ गते ८:०२
No ads found for this position
भारी वर्षाको सम्भावना, सतर्क हुन आग्रह
No ads found for this position

मनसुन थप सक्रिय हुँदा अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका धेरै स्थानमा केही दिन भारी र अति भारी वर्षा हुने छ ।

आज विहान देशभर सामान्यदेखी पूर्ण बदली रहि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले थप सतर्कता अपनाउनु पर्ने मौसमविद्को भनाइ छ ।

प्रकाशित : २०७८ साउन २८ गते ८:०२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI