डोरीले बाँधेर युवा कुट्ने वडा अध्यक्ष ५ हजार धरौटीमा छुटे

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २८ गते ९:५३
डोरीले बाँधेर युवा कुट्ने वडा अध्यक्ष ५ हजार धरौटीमा छुटे

काठमाडौं । वडा अध्यक्षमा निर्वाचित भएदेखि गाउँमा आतंक नै मच्चाइरहेका भनेर आलोचित जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपाली युवा कुटेको अभियोगमा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय जाजरकोटले नेपालीलाई पाँच हजार धरौटीमा रिहा गरेको छ ।

वडा अध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई साउन १५ गते सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समारोहमा रक्सी खाएर होहल्ला गरेको भनेर डोरीले बाँधेर कुटेका थिए । वडाअध्यक्ष पक्राउ पछि पीडित सर्पे नेपालीले नै ‘वडाअध्यक्षको केही गल्ती छैन’ भनेर वयान दिएपछि रामबहादुरलाई प्रमुख जिल्ला अधिकारीले रिहा गर्ने आदेश दिएका हुन् ।

वडाध्यक्ष नेपालीलाई भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा धरौटीमा छोडिएको छ । सर्पे कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरहल भएपछि वडाअध्यक्ष नेपाली साउन २१ मा पक्राउ परेका थिए । वडाध्यक्षविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित : २०७८ साउन २८ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI