पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते ८:००
पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आज दिउँसो पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिराे तथा भू–क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

बुधबारबाट मनसुन थप सक्रिय भएको छ ।

प्रकाशित : २०७८ साउन २९ गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI