No ads found for this position

प्रधानाध्यापकको ‘सेटिङ’मा ६ वर्षदेखि विदेशमा रहेका व्यक्ति एसईई उत्तीर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १३:५५
No ads found for this position
प्रधानाध्यापकको ‘सेटिङ’मा ६ वर्षदेखि विदेशमा रहेका व्यक्ति एसईई उत्तीर्ण
No ads found for this position

जनकपुरधाम । सप्तरीमा ६ वर्षदेखि मलेसियामा रहेका एक विद्यार्थी एसईई उत्तीर्ण भएको रहस्य खुलेको छ । सप्तकोशी नगरपालिका १० भगनी मलेठका २६ वर्षिय गोपालप्रसाद सन्त वैदेशिक रोजगारीमा भए पनि उत्तीर्ण भएका हुन् । उनी जनता माध्यमिक विद्यालयबाट एसईईमा यस वर्ष २.७ जीपीपए ल्याएर उत्तीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक श्याम चौधरीको सेटिङमै पास भएको आरोपसमेत लागेको छ । उत्तिर्ण भएका गोपालका बुबा राम सन्त सोही विद्यालयका कार्यालय सहयोगी हुन् ।

प्रधानाध्यापक चौधरीले आर्थिक लेनदेन गरी देशमै नभएको व्यक्तिलाई एसईई पास गराएको स्थानीय बासीको आरोप छ । स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा विद्यार्थीका बुबाले परीक्षा फारम बुझाएका थिए ।
कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा नभएर आन्तिरक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरिएको थियो । गोपाल पास भएपछि स्थानीय साथीभाइले खबर पाएका थिए । स्थानीयले खबर पाएपछि समाजिक सञ्जालमा प्रधानाध्यापक, विद्यालय, पालिका र जिल्ला शिक्षा समन्व्य ईकाई सप्तरीको आलोचना भइरहेको छ ।

पालिकामा जनगुनासो बढेपछि नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई एक साताभित्र स्पष्ट जवाफ र सम्पूर्ण विद्यार्थीको विवरण पेश गर्न पत्राचार गरेको छ । शिक्षा अधिकृत रमेश खड्काले विदेशमा भएको व्यक्ति एसईई परीक्षा पास भएको विषय जानकारीमा आएको र सो विषयमा विद्यालयलाई पत्राचार गरी दुईदिन भित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशनसहित पत्राचार गरेको उनले बताए ।

एसईईको परीक्षा फर्म विद्यार्थी स्वयं उपस्थित भएर भर्नु पर्ने ब्यवस्था रहेको भए पनि कसरी फर्म भरेर अंक पठाइयो भन्ने विषयमा अनुसन्धान भइरहेको खड्काको भनाइ छ । यस विषयमा विद्यालयका प्रधानाध्यापक श्याम चौधरीले प्रतिक्रिया दिन मानेनन् । जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख विजय मण्डलले अनुसन्धान भइरहेको बताए । जनगुनासो आए पनि ठोस प्रमाण अहिलेसम्म नआएको उनले जानकारी दिए ।

“विद्यालयसँग विवरण माग गरेका छौं । विवरण आएपछि सही/गलत छुट्याउने हो,” उनले भने, “दोषी भए कारवाही हुन्छ ।”

प्रकाशित : २०७८ साउन २९ गते १३:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI