सरकारले बालबालिकाका लागि ४० लाख डोज खोप खरिद गर्न गर्यो सम्झौता

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २९ गते १७:१७
सरकारले बालबालिकाका लागि ४० लाख डोज खोप खरिद गर्न गर्यो सम्झौता

काठमाडौं । नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता गरेको छ ।

सरकारले उक्त उमेर समूहका बालबालिकाका लागि करिब ४० लाख खोप खरिदका लागि सम्झौता गरेको हो । आगामी २०२२ मार्चमा नेपाल आइपुग्नेगरी मोर्डनाको ४० लाख डोज खोप खरिद सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप ल्याउनका लागि विश्व बैंकको वित्तियको सहयोग कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने जनाइएको छ । जसका लागि खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।

यो सम्झौतासँगै नेपाल कोभ्याक्ससँग लागत-साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।

प्रकाशित : २०७८ साउन २९ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI